काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढाएको हो । नेपाल आयाल निगमले डिजेलको मूल्यमा १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा बढाउने निर्णय गरेको हो ।
विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २५ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३।७ प्रतिशत मूल्य बढेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया