नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास जारी

चितवन । पहिरोका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको बताइएको छ । पहिरोकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ ।

इच्छाकामना–४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया