कानपा प्रमुख बालेनलाई जापानवाट खुला पत्र: “कुहिने फोहरलाई किलोको आधारमा शुल्क लियौ !

काठमाडौंका मेयरलाई एनआरएनए जापानका पूर्वमहासचिवद्वारा खुला पत्र लेखेका छन । एनआरएनए जापानका पूर्वमहासचिवद्वारा लिखित खुलापत्रलाई तल साभार गरेका छौ ।

श्री बालेन शाह ज्यू
(प्रमुख कानपा)
नमस्कार।

तपाईको अनुभवले हैन काम गर्ने ईच्छा शक्ति , युवा जोश र जागर लाई सम्मान गर्दै तपाईको फरक भिजन नै आजको आवस्यकता महशुज गरि तपाईको बिजय पछिको एक प्रवासियको नेपाली म तपाईको समर्थक हु!

सायद तपाई जस्तै भिजन र ईच्छा शक्ति लिने ब्यक्तिहरु संजालमा नआएका होईनन ,तर ति मध्ये तपाई लाई अहिले माहानगरवासी हरुले काम गर्नै ठाउमा पुर्याउनु भएको छ। केहि रचनात्मक सुधार र आधुनिक (२१औं सताव्धीको)युगको काठमाडौ शहर वनाउने जिम्मेवारी तपाई र तपाईको टिम लाई माहानगर वासीले सुम्पिएका छन्। काठमाडौं अव प्रयोगशाला हैन बिस्वको नमुना शहर बनाउने तपाईको टिमको जिम्वेवारी छ।समाज त्यहि हो १ हप्ताको तपाईको भोगाईले धेरै बिषय प्रत्यक्ष अनुभव लिईसक्नु भयोहोला। हिजो पनि काठमाडौमा फोहरको डंगुर नभएको हैन र आज पनि छ तर भोलि नहोस् भन्ने हो, यसमा तपाईले अगाडि सार्नु भएका भिजन प्रभावकारी छन्। समय भोलि हैन आजै बाट आफ्ना काम र भिजनहरु लागु गर्न तपाई लगाएतको टिम लाई सफलता मिल्योस शुभकामना दिन चाहन्छु।

अब हप्तामा बार बिभाजन गर्नु पर्छ र कुहिने फोहर /नकुहिने फोहर संकलन गरिने बार निर्धारण गर्नु पर्छ।कुहिने फोहर घरमै मल वनाउन प्रोत्साहन पनि गरौ, बाकी प्लास्टिक र अन्य फोहरको बर्गिकरण गरेर फाल्ने ब्यवस्था गरौ। कुहिने फोहरको पैसा किलोको आधारमा शुल्क लिने गरौ तर नकुहिने फोहरलाई फरक निति बनाएमा अझै प्रभावकारी हुने थियो कि!

“कुहिने फोहरलाई किलो को आधारमा शुल्क लियौ!
नकुहिने फोहरलाई निशुल्क फाल्ने ब्यवस्था गरे ५०% फोहर घरबाटै नियन्त्रण हुन्छ जस्तो लाग्छ।”
साथै
“काठमाडौंका हरेक वडाहरुमा दैनिक संकलन हुने फोहोरलाई त्यही ठाउँमा कुहिने/नकुहिने छुट्टाएर त्यहीँ नै सेनिटाईज्ड गर्ने र कम्पोस्ट बनाउने कि!”

प्रमुख ज्यू आजनै सबै उपलव्धि हरु हात नपर्न सक्छन् ,तर प्रायास जारी राख्नु पर्छ। फोहरमा राजनिती गर्ने संग टाडै रहनु बेस। अझै तपसिल केहि बिषयमा यहाहरुको ध्यान जानेमा बिस्वस्त छु।

१. फोहर ब्यवस्थापन।
२. सार्वजनिक शौचालय।
३. स्वच्छ हरावरा महानगर ।
४. शुद्ध खानेपानी।
५.चोरि डकैति र गुन्डा गर्दि न्यूनिकरण।
६. टोल टोलमा मनोरन्जनात्मक पार्क।
७. सडक पेटी ,ट्राफिक लाईट र जेब्राक्रस।
८. महानगरमा साईकल प्रहरी गस्ती बडाएर नागरिकलाई थप सुरक्षित रहेको वातावरण सृजना गरौ।
बाकी अर्को भागमा:

तपाईको पल-पलमा सफलता चाहने
बुद्धि राज घिमिरे
टोकियो, जापान

फेसबुकबाट तपाइको प्रतिक्रिया