आजको मौसम : मनसुनी वायुको प्रभावका कारण विभिन्न प्रदेशमा वर्षा

काठमाडौँ । नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव रहँदा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको छ । केही दिनमा देशका सबै भागमा मनसुन सक्रिय हुनेछ ।

आज बिहान प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया