
टोकियो: काठमाण्डौ महानगरपालीकामा मेयर बालेन शाहा र उपमेयर सुनिता दंगोलको को सक्रियता सम्मान जनक छ । टीम र एकतामै बल हुन्छ भन्ने धारणा यसरी लेख्नु हुन्छ टोकियो बाट दिपेन्द्र अधिकारी:
साच्चिकै सबैजनताको साझा प्रतिनिधीको जस्तो भुमिकामा देखिनु भएको छ । अनुहारमा कालो चस्मा, बोलिमा दम, मनमा कत्तिपनि खोट र लोभ नभएको मात्र काम गरेर देखाउने उदेश्य झल्कन्छ । छिटो हिड्न खोज्नेलाई खुट्टामा छिर्के हालि लडाई दिने चलन नेपालमा नौलो हैन तर बालेन टीमले यो चलन बाट बचेर चिरेर जान सक्न पर्छ ।
राम्रो कामको लागी हौसला दिन पर्छ । काम गरेर देखाउन पनि अवसर दिन पर्छ । खवरदारी पनि गर्न पर्छ । एउटा अन्धभक्त झुण्ड बालेनको पछाडि पनि देखिदै छ कतै यहि अन्धभक्त टीमलेनै असफल सिद्ध गराउने त हैन । ललिपप हैन लौरो स्वएम वालेनको लागि पनि देखाउने गर्नु पर्छ बेलाबेलामा । यसको अर्थ फेरि जवर जस्थि बिरोध गर्न भनेको हैन । गर्दै गरेको काम सहि छ या गलत स्वतन्त्र भएर मुल्याङ्क गर्दै यसैको आधारमा शुझाब दिन पर्छ ।
काठमाण्डुको फोहोर ब्यवस्थापन छिटो छरीतो दुरगामि तरीकाले सबैको सहयोग लिएर गर्न पर्छ । सबै नेताहरू, सम्बन्धित मन्त्रालय, बिज्ञहरूलाई भेटेर, जनतासॅग पनि तातो तातो बहस गरेर अगाडि बढ्नु भएको छ राम्रो सुरूवात हो । सहयोग गरौ राम्रो परीणाम आउछ ।
काठमाण्डुको अर्को समस्या सार्व जनिक सौचालयको हो । म आफैपनि कयौ पटक नेपाल जादा दुखपाएको छु । नाक थुनेर, स्वास रोकेर शौचालय गरेको । केहि सिप नलागेर कफिसपमा गएर चिया कफी अर्डर गरी सौचालय प्रयोग गर्दथे । यसै गर्न बिदेशी पर्यटक साथी लाई पनि भन्दथे । कतिपय सौचालयमा चावी लगाएको हुन्थ्यो भने कतिपय नलगाएको पनि । चावी नलगाएको भन्दा चावी लगाएको सौचालय सफा भएको अनुभव गरेको थिए ।
कुरा जोड्छु काठमाण्डुमा अघि सारीएको सैचालय प्रयोग सम्बन्धी योजनालाई । यो योजना सामाजीक सोचको छ एक दम मनपरेको छ । अलि अनप्राक्टीकल्ली छ मन परेको छैन । सर्वप्रथम त सार्वजनिक सौचालय धेरै कमी पनि खासै हैनन् तर प्रयोग गर्नेहरूले राम्रो संग प्रयोग नगर्नु र व्यवस्थापन गर्ने पालिकाले पटक पटक सरसफाई नगर्दा नै सैचालय फोहोर फाल्ने ठाउ बनेको हो नाक थुनेर सास रोकेर पिशाव फेर्न परेको हो ।
यदी सबै रेस्टुरेन्ट, क्याफे, होटल मा बिना नियम, विना निगरीनी, विना सौचालय प्रयोग सम्बन्धी एजुकेसन प्रयोग गर्न दिनेहो भने यो सामाजीक सोचको योजना असफल हुन सक्छ । पक्कै योजना होलान । सुनेको थिए केहि समयको लागि मात्र हो भनेर । यसमा एउटा गर्न सकिने पहिला भएका सैचालयको मरमत गरेर प्रयोगमा ल्याउने एक एक घण्टाको रोटेसनमा सफा गर्ने । साथ साथै अलि ठुला कमसेकम दुइ दुइ महिला र पुरूष को सौचालय भएका क्याफे, रेस्टोरेन्ट, होटल मा मात्र नगरपालीकाले बिशेष सुविधा दिएर, बेला बेलामा सरसफाई गर्न पनि खटाएर प्रयोगमा ल्याउने हो भने अलि सहज होला ।
भर्खरको नया जोस छ बिरोध नहोला, तर भोलि खाना खाने, पिउने रेस्टोरेन्टको सौचालय फेहोर, दुर्घन्ध टेवल सम्म आउन सक्ने अनुमान गरौत !? के त्यो रेस्टोरेन्टमा फेरी गएर खाना खान मन लाग्ला ? झन पर्यटक हरू बढी आउने रेस्टोरेन्टहरूमा यस्तै भयो भने संसार भरै फैलिन सक्छ नेपालको सौचालयको काहानी । प्रयोग कर्ता र व्यबस्थापक दुवैको कोपरेसनमा मात्र यो योजना सफल हुन्छ ।
जति धेरै भनेपनि निश्कर्ष हो सौचालय घरमा होस, बाहिर पब्लिकमा होस । आफुले प्रयेग गरेपछि अरूले पनि प्रयोग गर्छन् ख्याल राखेर सफा संग प्रयोग गर्ने बानी बनाउ । सैचालय फोहोर गर्ने ठाउ हैन । एकान्तमा आनन्द मन र शरीरबाट निस्केको
मल मूत्र बिशर्जन गर्ने ठाउ हो । जति सफा उतिनै आनन्द पाउने ठाउ हो सौचालय ।
@दिपेन्द्र अधिकारी टोकियो।
फेसबुकबाट तपाइको प्रतिक्रिया