रातो मच्छिन्द्रनाथको भोटो देखाइयो, राष्ट्रपति भण्डारी, सभामुख सापकोटा लगायतद्धारा अवलोकन

ललितपुर । ललितपुरको जावलाखेलमा शनिबार रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा रातो मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निकालेका थिए । राष्ट्रपति विद्यादेवि भण्डारी, सभामुख अग्नि सापकोटा लगायतको उपस्थितिमा भोटो देखाइएको थियो ।

भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा लगिन्छ । बुङमती मन्दिरमा ६ महिना राखिन्छ भने पाँच महिना पाटनको मच्छिन्द्रवहालस्थित मन्दिरमा सारिन्छ । हरेक १२ वर्षमा भने पाटनबाटै रथ तानेर बुङमति पुर्‍याउने गरिन्छ । २०७२ सालमा मनाइएको मच्छिन्द्रनाथको १२ वर्षे जात्रा अब २०८४ सालमा मनाइन्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया