
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । शनिबार बिहान अध्यक्ष निवास खुमलटारमा मेयर शाहले भेटवार्ता गरेका हुन् ।
काठमाडौँको फोहोर व्यवस्थापनको समस्या समाधानका लागि शाहले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेटेर दबाब दिँदै आइरहेका छन् ।
यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरिसकेका छन् ।
शाहसँगको भेटमा अध्यक्ष प्रचण्डले राम्रो काममा आफ्नो साथ रहने आश्वासन दिएका थिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया