युरोपेली सङ्घद्वारा रुसबाट इन्धन आयातमा प्रतिबन्ध

काठमाडौँ । युरोपेली सङ्घले रूसबाट हुने इन्धन आयातमा प्रतिबन्ध लगाएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको सय दिन पुगेको छ । तर आक्रमण नरोकिएकाले इन्धन आयातमा औपचारिक रुपमा प्रतिबन्ध गरिएको सङ्घले जनाएको छ ।

रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु पर्नेबारेमा यसअघि लामो छलफल र बहस भएको थियो । दुई देशबीचको युद्धले विश्व राजनीति र अर्थतन्त्रमा नकारात्मक असर परेको छ । रुस र युक्रेनलाई अन्तर्राष्ट्रिय निकायले वार्तामार्फत तत्काल विवाद अन्त्य गर्न आग्रह गर्दै आएका छन् ।

एक अर्कालाई निषेध गरेर समस्याको समाधान नहुने भन्दै अन्तर्राष्ट्रिय निकायले वार्ता र सम्वादमा जुट्न आग्रह गरेका हुन् । भारतले पनि तत्काल विवाद अन्त्यका लागि पहल गर्नुपर्नेमा जोड दिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया