रातो मत्स्येन्द्रनाथको भोटो आज देखाईंदै

काठमाडौँ । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा शनिबार मनाइँदैछ । सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो ।

ललितपुरको जावालाखेलमा आयोजना गरिने जात्राको राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्नेछिन् । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ ।

भोटो देखाउने जात्राका लागि मत्स्येन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पुर्‍याइएको छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ ।

जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी बोकेर बाजागाजाका साथ बुङ्मतीस्थित उनकै मन्दिरमा पुर्‍याउने चलन छ ।

मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहिमा पुर्‍याएपछि मत्स्येन्द्रनाथको रथ यात्रा समापन हुन्छ । यस अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया