एनआरएनए जापान अध्यक्ष अनिता गुरुङग सहितको टिमले नेपाल राजदुतावास लाई भावि कार्यक्रम सहित जापानवासी नेपालीको समस्या र समाधानको उपाय बारे छलफल गर्दै नेपालीको आधिकारीक डाटा माग गर्यौ!

टोकियो:गैरआवसिय नेपाली संघ, रासप जापानले नेपाली राजदुतावासका कार्यवाहक राजदुत श्री अम्विका जोशीको टिम संग भेटघाट गरेको छ। सो समयमा एनआरएनए जापानको भावि कार्यक्रम संगै जापानवासी नेपालीको समस्या र त्यसको समाधानको उपाय बारे छलफल गर्दै भैपरि आउने घटनाहरु लाई सहजिकरण गर्दै छिटो छरितो समन्वय र सहयोगको लागि जापानमा नेपालीहरु बसोबास गरेको स्थानको आधिकारीक डाटा माग गर्यौ!
नेपाली राजदुतावास टोकियो र एनआरएनए जापानको सहकार्यमा बिभिन्न कार्यक्रमहरु सम्पन्न हुदै आएको र आगामी दिनहरुमा पनि आपसी सहकार्यबाट कार्यक्रमहरु बढ्दै जाने जनाएको छ।यस कार्यकालमा परिषदले सम्पन्न गरेका कामको बारेमा जानकारी दिदै आगामी कार्यक्रमहरुको जानकारी गराईएको थियो।जसमा
(१)नेपाल फेस्टिवल२०२२ आयोजना गरिने जसको लागि नेपाली राजदुतावास टोकियो पनि आयोजक रहि फेस्टिवल आयोजना गर्नको लागि सहयोग गर्न अपिल गरेको छ।

(२.) जापानमा प्राकृतिक प्रकोप संगै बिभिन्न समयमा नेपाली लाई पर्नजाने समसया मा समन्वय र सहजिकरण गरि आवस्यक सहयोग गर्न जापानमा नेपालीको बासोबास को तथ्याङक उपलव्ध गराई दिन अनुरोध गरेको छ।

(३.)बुद्ध शान्ती पद यात्रा तथा नेपाल भ्रमण को लागि एतिहासिक भ्रमण स्थल फोटो प्रदर्शनी कार्यक्रम गरिने जनाएको छ।

(४.)नेपालमा पौढ़ शिक्षा र एनआरएनए कृषि मैत्री कार्यक्रम जस्ता कार्यक्रमहरु अगाडि सारेको छ।

(५. )तिज कार्यकम संचालन गर्ने ।(अगस्ट ३० तारिक भाद्र १४ गते)

(६.)खेलकुद कार्यक्रम संचालन गर्ने ।

(७.)बिधार्थी लाई पर्ने समस्या समाधानार्थ जानकारी मुलक कार्यकम संचालन गर्ने ।

(९.)प्रबासी नेपाली हरु लाई आबासको समस्या समाधान गर्ने जानकारी मुलक फुदो सान को जानकरी गर्ने

(१०.)नेपाल को राजस्व लाई टेवा दिन कानुनी रुपमा रेमिटेन्स प्रबाह गर्ने के कसरी गर्न सकिन्छ तथा गैर कानुनि हुण्डी बाट रकम पठाउने निरुत्साहित गर्ने खालको कार्यक्रमहरु संचालन गर्ने ।

(११.)मजदुर को तलब तथा सुबिधा हरु दुरुस्त गर्न एक अध्यन गरी जापान को कानुन बमोजिम मजदुरको तहक अधिकार सम्बन्धि कार्यकम गर्ने ।
(१२.)नेपाल र नेपाली को ब्यबसाय बढाउन सहयोग हुने कार्यक्रम तथा नेपाल र नेपाली को स्तर उन्नन्ति हुने बिसेष कार्यक्रम संचालन गर्ने प्रवक्ता सरिता ढकालले जानकारी दिनु भयो।

फेसबुकबाट तपाइको प्रतिक्रिया