जापान । गलकोट स्पोर्टस क्लबको चौथो अधिवेशनले डिलाराम निउरेलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । मंगलबार टोकियोमा सम्पन्न गलकोट स्पोर्टस क्लबको चौथो अधिवेशनले निउरेलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
जापानमा रहेर पनि नेपाली खेलको संरक्षण सम्वर्धन र योगदान पुर्याउने ब्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको क्लवको सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दुर्गबहादुर खत्री उपाध्यक्षमा राज़ु बस्नेत र प्रकाश निउरे चयन भएको छ ।
त्यसैगरि क्लबको महासचिवमा हिमाल कंडेल, सचिवमा दिनेश थापा, दीपक सुबेदी विप्लव र सह सचिवमा हरी भण्डारी, कोषाध्यक्षमा रमेशकुमार खत्री, सह कोषाध्यक्षमा इश्वर बस्नेत, खेल संयोजकमा गणेश केसी र लेखा संयोजकमा जीवन गैरेलाई चयन गरिएको छ ।
क्लबको निर्वाचित सदस्यहरूमा कुशल भण्डारी,दुर्गबहादुर थापा,जेम्स बस्नेत, अम्मरबहादुर खड्का कृष्ण, नारायण थापा, सुरज केसी, अशिम बस्नेत र गोम बुढ़ाथोकी रहेका छन ।
टोकियोमा रहेका युवाहरुमा खेलका माध्यमबाट एकअर्कामा परिचित हुने र आपसी सम्बन्ध प्रगाढ गराउने कार्यमा सहयोग गर्दै आइरहेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया