काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । उनी सवार किया कम्पनीको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको हो।
प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किन पुगेको थियो । गाडी पोलमा ठोक्किँदा उनको दाहालको टाउकोमा चोट लागेको प्रहरी स्रोतका भनाइ छ ।
टाउकोमा चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा लगिएको थियो भने टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ । उनको अवस्थामा भने खतरामुक्त रहेको प्रहरी स्रोतका भनाइ छ । भरतपुर महानगरपालिकाको मेयर पदमा विजयी भएसँगै उनी काठमाडौं आएर खुमलटारमा बस्दै आएकी थिइन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया