५७० पालिकाको मतगणना सम्पन्न, सबैभन्दा बढी पालिकामा नेपाली कांग्रेसको जित

काठमाडौँ । देशका ७५३ पालिका मध्ये ५७० वटामा मतगणना सकिएको छ । मतगणना सकिएका पालिका मध्ये सबैभन्दा बढीमा नेपाली कांग्रेसले जित निकालेको छ । कांग्रेसपछि दोस्रो स्थानमा नेकपा एमाले र तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ ।

निर्वाचन आयोगका अनुसार मतगणना सम्पन्न भएका ५७० पालिका मध्ये कांग्रेस एक्लैले २५३ वटा पालिका प्रमुख तथा अध्यक्षमा जितेको छ । कांग्रेसले मतपरिणाम सम्पन्न भएकामध्ये ४४।३८ प्रतिशत पालिकामा जित निकालेको छ ।

एमालेले हालसम्म १६४ पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । यो भनेको मतगणना सकिएका कूल पालिकाको २८.७७ प्रतिशत हो ।

माओवादीले हालसम्म १०५ वटा पालिका प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । मतगणना सम्पन्न भएकामध्ये १८.४२ प्रतिशत पालिकामा माओवादीका उम्मेदवार विजयी बनेका छन् । जनता समाजवादी पार्टी ९जसपा०, नेपालले हालसम्म १५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको अन्तिम मतपरिणाम आएका पालिका मध्ये २.६३ प्रतिशत हो ।

नेकपा एकीकृत समाजवादीले हालसम्म १२ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । मतगणना सकिएका मध्ये २.१० प्रतिशत पालिकामा एकीकृत समाजवादीको उम्मेदवारले जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, नेपालले हालसम्म दुई वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएकामध्ये ०.३५ प्रतिशत पालिकामा लोसपाले जितेको छ ।

हालसम्म मतगणना सम्पन्न भएका पालिका मध्ये १९ वटामा अन्य तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् । यो भनेको मतगणना सकिएका पालिकाको ३.३३ प्रतिशत हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया