काठमाडौं महानगरमा बालेन शाहले २० हजार मत कटाए, अन्य प्रतिस्पर्धीको मत कति ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयर पदको उम्मेदवारी दिएका बालेन्द्र साहले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।
लौरो चिन्ह लिएर काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि चुनाव लडेका स्वतन्त्र उम्मेद्वार बालेन साहको मत २० हजार २६ पुगेको छ ।

यस्तै पछिल्लो मतपरिणाम अनुसार दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १० हजार ३३८ मत ल्याएका छन्। तेस्रो स्थानमा भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५५६ मत पाएकी छन् । त्यसै गरी उपमेयरमा भने एमालेकी सुनिता डंगोलले १९ हजार ९५६ मत पाएकी छन् ।

पछिल्लो अपडेट अनुसार बालेनले चर्चामा रहेकी नेकपा एमालेकी उपप्रमुखमा उम्मेदवारी दिएकी सुनिताले भन्दा बढी मत लिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d