हट्यो संसदको अवरोध

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले ९ महिना लामो प्रतिनिधिसभा (संसद)मा जारी अवरोध अन्त्य गरेको छ । बजेट अधिवेशनको पहिलो दिन एमालेले अवरोध गरेन । आफ्नो दलले कारबाही गरेका सांसदहहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो । एमालेका नाराबाजीका बीच बजेट (प्रतिस्थापपन विधेयक) लगायतका केही विधेयक पास भए पनि संसद प्रभावकारी भएन ।

३० वैशाखमा स्थानीय तह निर्वाचन भएपछि भने एमालेले संसदको अवरोध हटायो । मंगलबार संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोलेका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचनले मुलुक एउटा कोर्समा गएकाले संसदको अवरोध हटाउने निर्णय गरेको उनले बताउनुभयो ।

उहाँले भन्नुभभयो, ‘अदालतले कारबाही नगरेपनि भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले उचित ढंगले फैसला गरेका छन् भन्ने लाग्छ । विभाजनका कारकहरुको परीणामलाई हामीले हेरिरहेका छौं ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया