भरतपुरमा रेनु दाहाल र विजय सुवेदीको कडा प्रतिस्पर्धा, पछिल्लो मतपरिणाममा रेनुको अग्रता

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल अगाडि लागेकी छिन् । भरतपुर १० हजार २०६ गन्दा गठबन्धनकी उम्मेदवार दाहालले ३ हजार ५७८ मतसहित अग्रता लिएकी हुन् । यस्तै नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार एमालेका विजय सुवेदीले ३ हजार ५७५ मत पाएका छन् ।

९३७० मत भन्दा १८ मतले अगाडि रहेका सुवेदी १० हजार २०६ गन्दा ३ मतले पछाडि परेका हुन् । यस्तै गठबन्धनको बागी उम्मेदवार जगन्नाथ पौडेलले १३६० मत पाएका छन् ।

उपमेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ४०४३ मत पाएका छन् भने एमाले राप्रपाबाट राप्रपाकी उम्मेदवार हिमला २८१६ मत पाएकी छिन् । काँग्रेसका उम्मेदवार अधिकारीसँग राप्रपाकी हिमला गुरुङ १२२७ मतान्तरले पछाडि छिन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया