काठमाडौं महानगरपालिकामा मतगणना सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो । सोही महानगरपालिकामा शनिबार बिहान बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा मतगणना गर्न निर्वाचन अधिकृत र दलका प्रतिनिधि थप्ने सहमति भएको हो ।
काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट सिर्जना सिंह, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन शाह लगायत उम्मेदवार रहेका छन् । काठमाडौं महानगरको मतगणना वडा नं १ र ३२ बाट सुरु हुने भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया