एन आर एन ए जापान बिशेष अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न :

टोकियो: २०२२ मे १२ मा जापानको टोक्योमा एन आर एन ए जापन को आयोजनामा बालमैत्री वक्तित्वकला प्रतियोगिता तथा अन्तरक्रिया संगै पुरस्कार वितरण कार्यक्रम एन आर एन ए जापानकी अध्यक्ष अनिता गुरुङग को सभापतित्वमा संम्पन भएको हो ।
कोभिडको महामारीमा बाल बालिकाको क्रियाकलापलाई प्राथमिकता दिदै ७ बर्ष देखि १४ बर्ष सम्मका बालबालिकालाई सहभागिता गराई एन आर एन ए जापानको उक्त कार्यक्रममा बिशेष अतिथि तथा शिक्षाबिद प्रा.डा.हिमलाल घिमिरे, अन्तर्राष्ट्रिय अधिबक्ता डा.बलराम श्रेष्ठ र जापान स्थित नेपाली भाषा विद नोजु हारुहितो ले नेपाल र जापान को बिषयमा आफ्नो मन्तब्य राख्नु भएको थियो ।

कार्यकममा नेपाल राजदुताबास का कार्यबाहक राजदुत अम्बिका जोशी ले कार्यकम सफलताको लागि शुभकामना पठाउनु भएको थियो ।उक्त कार्यकममा जापान स्थित बिभिन्न संघ सस्था को प्रतिनिधिहरुको सहभिता रहेको थियो ।करिब १ लाख नेपालीहरु रहेका जापानमा यस प्रकारको वक्तित्वकला कार्यकमले नेपाली समाजमा बिसेष महत्व रहने जानकारी अभिभाबक र बालबालिकाहरुले राख्नु भएको थियो ।
आगामी दिन हरुमा पनि एन आर एन ए जापानले सिर्जनात्मक र नेपाली समाज लाई अगाडि बढाउन मदत गर्ने यस्तो कार्यकमको निरन्तरता दिने अध्यक्ष अनिता गुरुङ ले जानकरी गर्नुभयो ।
ए आर एन ए जापानको सल्लहाकार सरोज खत्री , सल्लाहकार बुद्धिराज घिमिरे ,उपाध्यक्ष हरि चन्द्र लामा,जिबन गुरुङ, प्रवक्ता सरिता ढकाल ,कोषाध्यक्ष कालिका थापा , जीवन गुरुङग,सदस्यहरु कृष्ण भण्डारी लगायत सम्पूर्ण पदाधिकारीहरुले आफ्नो आफ्नो मन्तब्य राक्नुभएको थियो ।
कार्यकम को उद्घोषण तथा संचालन कार्यक्रम संयोजक सरिता ढकाल ले गर्नु भएको थियो भने सिनओकुवो स्थित रातोमाटो रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा प्रा.डा.हिमलाल घिमिरेलाई सम्मान समेत गरेको थियो।
कोभिडको माहामारीमा बालबालिकाको भुमिका बिषयक वक्तित्वकला प्रतियोगितामा तपसिल बालबालिका हरु पुरस्कृत हुनु भएको आयोजकले जानकारी दियो। जसमा:
दिभाषा देबकोटा,प्रक्रिया अर्याल,मारीना कन्डेल,आकृती बास्तोला,अपिकल पुडासैनी,स्मिरल भट्टराई ,स्पिहा भट्टराई,रोबेन पोखरेल र सिफासा साप्कोटा रहनु भएको प्रवक्ता सरिता ढकालले जानकारी दिनुभयो।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: