काठमाडौँ । स्थानीय निर्वाचनमा महिलाहरुको सहभागिता र नेतृत्व बारे अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । रामेछाप मन्थली नगरपालिका र गोरखाको पालुङटारमा शनिवार स्थानीय निर्वाचनमा महिला, दलित र सिमान्कृत समुदायको सहभागिता र नेतृत्वबारे अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको हो ।
गोरखामा राष्ट्रीय सभा सदस्य सांसद भुबन सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक पार्टीको नेतृत्वको उपस्थिति थियो ।
स्थानीय तह नेतृत्वमा दलित, महिला, जनजातिहरुको कम उम्मेद्वार भएको अध्ययनले देखाइरहेको अवस्थामा सीमान्तकृत पिछडिएका तथा दलित लगाएत अन्य महिलाहरुको सहभागितामा किन कम भयो भन्ने विषयमा जिल्ला स्तरीय सचेतना कार्यक्रम मनाङ, गोरखा र रामेछापमा सम्पन्न भएको हो ।
एक्टिभ नेपालको अयोजना तथा युएनडिपी र युएन उमनको सहयोग रहेको कार्यक्रम मातृ सन्देश डट कम ग्लोबल मल्टीमिडियाले संयोजन गरेको थियो । कार्यक्रम मनाङ, रामेछाप र गोरखामा विभिन्न दलका उम्मेद्वार तथा प्रतिनिधिले नेतृत्वमा महिलाहरुको न्यून सहभागिताको कारणमाथि प्रष्ट पारेक थिए ।
कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र,नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी लगाएत पार्टी नेतृत्वको उपस्थित सहभागी मतदाता तथा स्थानीयहरु सवालमाथि प्रष्ट पारेका थिए ।
उक्त कार्यक्रममा रामेछापमा पत्रकार तथा सामाजिक अभियन्ता शान्त पहरी, अस्मिता पहरी र गोरखामा पत्रकार नबराज क्षितिज, बिनोद पहरी र स्थानीय संयोजन जोनी सुनारले गरेको थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया