विपक्षीले ३० गते पहिलो झड्का खान्छन् : अध्यक्ष अ‍ोली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनले देशलाई कता लैजाने भन्ने फैसला गर्ने बताएका छन् । आज एमालेले काठमाडाैंमा गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ओलीले विपक्षीहरु राम्रा कामका लागि भन्दा पनि नराम्रा कामका लागि एकजुट भएको बताए ।

उनले विपक्षीहरुमाथि कटाक्ष गर्दै भने, ‘पहिलो झड्का यही ३० गते खान्छन् यिनीहरुले । ठूलो ठक्कर खान्छन् । नसोचेको पराजय भोग्नुपर्नेछ । जनताले काला कर्तुत र गलत नियत देखेका छन्’, कहिलेसम्म रोक्छौं जनताका ?

ओलीले विपक्षीले विदेश गएर पाउरोटीमा जाम लाएर खानबाहेक केही नजानेको भन्दै आधुनिकता र विकासबारे के सिके ? भनेर प्रश्न गरे । आफ्नो नेतृत्वको सरकारले गरेका विकास निर्माणका कामको चर्चा गर्दै काँग्रेस र अरु पार्टीले के गर्यौ र गर्छौ भन्ने कुरा नरहेको बताए । ‘उनीहरु जम्मा जम्मी एमालेको विरोध गर्छन्’, ओलीको भनाइ छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया