जेठ ५ भित्र मतगणना सक्ने आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मत परिणाम एक साताभित्रै सार्वजनिक गरिसक्ने तयारी गरेको छ । आउँदो जेठ ५ गते स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिँदै छ । सोहीअनुसार आयोगले सात दिनभित्रै मत परिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको हो ।

धेरै मतदाता रहेका र महानगरपालिकाहरूमा अघिल्लोपटकजस्तो धेरै दिन नलगाइने आयोगले जनाएको छ । वैशाख ३० गते देशभर एकै चरणमा हुन लागेको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया