भक्तपुर । सूर्यविनायक नगरपालिकामा मेयरका उम्मेदवार बासुदेव थापासहितका अन्य उम्मेदवार आइतबार घरदैलो अभियानको क्रममा वडा नं. ९ स्थित नंखेलको काक्राबारीमा पुग्दा एक खालको छुट्टै रौनक थियो । वर्षौदेखि पछाडि परेको पूर्वी भेगको नंखेलमा पर्ने काक्राबारीमा पछिल्लो समय विकासको लहर नै चल्यो । वर्षौदेखि धेरैले आश्वासन दिए, निर्वाचनमा अनेक प्रलोभन देखाए तर काक्राबारीको विकासमा चासो देखाएनन । तर अहिले विकासको क्रम शुरु भएको छ, भौतीक पूर्वाधारदेखि हरेक क्षेत्रमा विकास निर्माणको कार्यले गति लिइरहेको छ । अब सडकको पिच गर्ने कार्य तत्काल गर्नुपर्नेछ भने थापा नेतृत्वमै शुरु गरिएको सडक निर्माणको बाँकि काम पुरा गर्नुपर्ने छ, त्यसकारण यो पटक फेरि थापा नेतृत्वलाई जिताएर अधुरा योजना पूरा गरिछाड्ने भन्दै स्थानीयबासीको भब्य स्वागतले छुट्टै खालको रौनकता छाएको हो ।
विशेष गरि तामाङ समुदायको बस्ती रहेको काक्राबारीको थापा नेतृत्वले विकासको मुहारमा परिवर्तन ल्याएकोमा खुसी ब्यक्त गर्दै मत दिन आत्तुर रहेको बताए । यहाँ रहेका करिब चार सय मतदातामध्ये तीन सय भन्दा बढी मत एमालेको पक्षमा रहेको समेत उनीहरुले बताए । अब छिट्टै नगर प्रमुखका उम्मेदवार थापा नेतृत्वले अधुरा योजना पूरा गर्ने र स्थानीयको मागलाई सम्बोधन गर्ने योजना सुनाउनु भएपछि उनीहरु थप हौसिएका छन भने पुन एमालेका उम्मेदवारलाई जिताएर आफ्नो गाउँको अधुरा योजना पूरा गर्न लागिपरहेका हुन ।
त्यस्तै, घरदैलो कार्यक्रममा स्थानीयले उत्साहजन सहभागिता जनाए भने थापा नेतृत्वले पाँच वर्षमा गरेका कार्यप्रति अन्यन्तै खुसी भएको बताए ।
कार्यक्रममा नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, बागमती प्रदेशका सांसद शशीजंग थापा, एमालेको तर्फबाट नगरप्रमुखका उम्मेदवार बासुदेव थापा, उपप्रमुखका उम्मेदवार सरिता भट्टराई, वडाध्यक्षका उम्मेदवार उपेन्द्रराज केसी, वडा सदस्यका उम्मेदवारहरु गंगा खड्का, अणु बयलकोटी, विनय महत, शेरकाजी सुवालसहित एमालेका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
पलासेबाट शुरु भएको घरदैलो कार्यक्रम वडाका विभिन्न टोलटोलमा पुगेको थियो भने स्थानीयले थापा नेतृत्वलाई नंखेलबाट ७० प्रतिशत अर्थात दुई हजारको हाराहारीमा मत आउने पनि बताएका छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया