काठमाडौं । नेपाली कांग्रेस १४औं राष्ट्रिय महाधिवेशनबाट महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
फरक-फरक प्यानलबाट उम्मेदवार बनेका गगन र विश्वप्रकाश दुवै लोकप्रिय मत ल्याएर विजयी भएका हुन् । ४६८२ मत खसेकोमा गगनले ३०२३ र विश्वप्रकाशले १९८४ मत प्राप्त गरेका छन् ।
महामन्त्रीका अन्य उम्मेदवारहरू प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, डा मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत प्राप्त गरे । यससँगै देशको पुरानो पार्टी कांग्रेसमा युवा पुस्ताको जबरजस्त र हस्तक्षेपकारी उदय भएको छ । रोचक त के भने गगन र विश्वप्रकाश दुवैको प्यानलका सभापतिका उम्मेदवार पराजित भएका थिए ।
गगन डा शेखर कोइराला र विश्वप्रकाश प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार बनेका हुन् । देउवाले महामन्त्रीको उम्मेदवार बनाउन अस्वीकार गरेपछि विश्वप्रकाश निकै कमजोर प्यानलबाट उम्मेदवार बनेर विजयी बनेका हुन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया