काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि मतपत्रको छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आज शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने छ । मधेस प्रदेशका जिल्ला बाहेक सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको हो ।
आयोगले निर्वाचनका लागि स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदशील कारण परेको अवस्थामा बाहेक खटाइएको कर्मचारीलाई तोकिएको ठाउँमा खटिन आयोगले निर्देश गरेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया