
बन्दीपुर: गाउँपालिका अध्यक्षका उम्मेदवार धुव्रलाल प्रधानले बन्दीपुरलाई देशको उत्कृष्ठ पर्यटकीय स्थानको रुपमा विकास गर्ने घोषणा गर्नु भएको छ । ‘हाम्रो बन्दीपुर राम्रो बन्दीपुर’को नारा लिएर बन्दीपुरलाई देशको उत्कृष्ठ पर्यटकीय स्थानको रुपमा परिवर्तन गर्ने प्रमुखका उम्मेदवार प्रधानले घोषणा गर्नु भएको हो ।
पर्यटकीय क्षेत्रलाई स्थानीय जनताको जीवनसँग जोड्ने कार्यक्रमहरु संचालन गर्ने, पर्यटकीय क्षेत्रको रुपमा विकासको लागि बन्दीपुर भ्रमण वर्ष कार्यक्रम २ वर्षभित्र संचालन गर्ने, सांस्कृतिक महत्व तथा पर्यटकीय सम्भावना बोकेका स्थानहरुको संरक्षण, पूर्वाधार निर्माण तथा अन्य सम्भावीत पर्यटकीय गन्तब्यको निर्माण गर्ने, स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न होमस्टे संचालन गर्ने तथा मौलिक सस्कृति, खानपिन रहनसहन तथा सूचनाहरु सम्प्रेषण गर्ने पनि घोषणा गर्नु भएको छ ।
प्रधानले डुम्रे बजारलाई ब्यापारिक बजारको रुपमा विस्तार तथा विकसित गरि तनहुँ, लमजुङ र गोरखाको ब्यापारिक केन्द्रविन्दु बनाउने प्रतिबद्धता पनि ब्यक्त गर्नु भएको छ । प्रधानले बन्दीपुरलाई देशकै सुन्तला खेतीको मेरुदण्डको रुपमा विकसित गर्ने पनि योजना अगाडि सार्नु भएको छ । सिद्ध गुफालाई विश्वकै आर्कषित, मनमोहक तथा पर्यटकीय हिसावले पच्चुर सम्भवाना बोकेको स्थलको रुपमा सम्भार तथा विकसित गराई स्वदेशी पर्यटकहरु भ्रमण गराउन पहल गर्ने योजना प्रधानको छ ।
प्रधानले घोषणापत्रमा बन्दीपुर गाउँपालिकामा रहेका विद्यालय तथा क्याम्पसहरुको स्तरोन्नति गरि आधुनिक पूर्वाधारहरुको निर्माण गर्ने, गुणस्तरीय शिक्षा तथा शैक्षीक वातावरणमा सुधार गरि आधुनिक उच्चस्तरीय प्रविधिसहितको शिक्षामा जोड दिने, प्रत्येक विद्यालयमा हप्ताको एक दिन अनीवार्य रुपमा आधुनिक कला, खेलकुद, संगीत तथा नेतृत्वको विकासका लागि प्रशिक्षण कार्यक्रम गर्ने, असाक्षरलाई विशेष कक्षा संचालन गरि साक्षर बनाउने प्रतीबद्धता ब्यक्त गर्नु भएको छ ।
त्यस्तै, वृद्धवृद्धाहरुको स्वास्थ्य उपचार निशुल्क गर्ने ब्यवस्था गर्ने, प्रत्येक वडामा नियमीत स्वास्थ्य जाँचका लागि स्वास्थ्य शिवीरहरु गर्ने, सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, प्रत्येक वडामा सुविधा सम्पन्न एम्बुलेन्स सेवा संचालन गर्ने योजना पनि अगाडि सार्नु भएको छ । त्यस्तैगरि, बन्दीपुरलाई सुन्दर र मनमोहक बनाउन पहल गर्ने, सांस्कृतिक महत्वका सम्पदा तथा पर्यटकीय क्षेत्रहरुको निर्माण तथा पुर्ननिर्माण गर्ने, पर्यटकीय स्थान तथा प्रत्येक वडाहरुमा आवश्यकताअनुसार सार्वजनीक शौचालय निर्माण गर्ने योजना पनि उहाँले अगाडि सार्नु भएको छ ।
अध्यक्षका उम्मेदवार प्रधानले सडक र यातायात ब्यवस्थापनका लागि सडकले नछोएको वडा तथा टोलहरुमा तत्कालै बाटो ट्याक खोल्ने तथा कालोपत्रो गर्न बाँकि सडकमा योजनाबद्ध रुपमा तत्कालै कालोपत्र गर्ने, सुन्दर र सफा बाटो निर्माण गरि फुटपात्र निर्माण तथा सडकको मुख्य मुख्य बस स्टेशनमा सिसिटिभी जडान गर्ने र प्रत्येक वडाहरुलाई पालिका कार्यालयसम्म जोड्न सहुलीयत बस सेवा संचालन गर्ने पनि प्रतीबद्धता जनाउनु भएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया