
धनगढी, वैशाख २२ गते । नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओली चुनावी कार्यक्रमका लागि आज (विहीबार) सुदूरपश्चिम आउनु हुने भएको छ । एमालेका उम्मेदवार जिताउन आयोजना हुने स्थानीय तहका आमसभालाई सम्वोधन गर्न अध्यक्ष ओली सुदूरपश्चिम प्रदेश आउनु हुने भएको हो ।
उहाँले कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आम सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । एमाले कैलालीका इन्चार्ज नारदमुनि रानाका अनुसार अध्यक्ष ओलीले कञ्चनपुरको बेलौरी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिका र बर्दगोरीया वा लम्कीचुँहा मध्ये एक स्थानमा पनि चुनावी सभालाई सम्वोधन गर्नु हुने छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया