भक्तपुर : सूर्यविनायकमा नगरपालिकामा बासदुेव थापा नेतृत्वलाई पुन विजयी गराउन नगरबासी एकजुट भएर लागेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा थापा नेतृत्वमा रहेको एमालेका उम्मेदवारहरुलाई विजयी गराउन एकजुट भएर लागिपरेका हुन । घरदैलो अभियानको क्रममा टोलटोलमा पुग्नु भएको मेयरका उम्मेदवार बासुदेव थापासहित उपमेयरका उम्मेदवार सरिता भट्टराईलाई स्थानीयबासीले भब्य स्वागत गर्दै मत दिन आत्तुर रहेको बताए ।
मेयर थापाको नेतृत्वमा नगरपालिकामा अत्याधिक काम भएकोमा खुसी ब्यक्त गर्दै अपुरा योजना पुरा गर्न थापाकै नेतृत्व आवश्यक रहेकाले पुन विजयी गराउन जस्तो सुकै सहयोग गर्न तयार रहेको पनि प्रतिक्रिया दिए । स्थानीयले पाँच वर्षमा मेयर थापाले जनताको पक्षमा निस्वार्थ काम गरेको, जनताको सेवा गरेको र कुनै लोभ लालच नदेखाएको भन्दै जनप्रतिनिधि मेयर थापा जस्तै हुनपर्ने कुरामा पनि जोड दिए ।
नेकपा एमाले सूर्यविनायकले शनिबार बालकोटबाट शुरु गरेको घरदैलो कार्यक्रम आइतबार दधिकोट र सोमबार वडा नं. ६ मा सम्पन्न गरेको छ । तीन वडाको माहौल हेर्दा नगरपालिकामा मेयर थापाको पक्षमा माहौल सिर्जना भएको देखियो भने जित सुनीश्चित भइसकेको छनक देख्न सकिन्थ्यो ।
सोमबार आज सूर्य विनायक नगरपालिकाको वडा नं ६, कटुन्जेको पाण्डो बजारबाट घरदैलो कार्यक्रम सुरु गरिएको थियो । घरदैलो कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेत, सूर्यविनायक नगरपालिकामा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार वासुदेव थापा, उपप्रमुख पदका उम्मेदवार सरिता भट्टराई, वडाध्यक्षका उम्मेदवार सुधाम केसी, वडा सदस्य पदका उम्मेदवार कृष्ण प्रसाद बजगाईँ, सुमन ध्वजु, दीपेन्द्रकला (इन्दिरा) गुरागाईँ तथा गीता परियार लगायतको सहभागिता थियो । घरदैलो कार्यक्रममा स्थानीयवासीका साथै एमालेका सयौँ कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
कटुन्जेको पाण्डो बजारबाट सुरु गरिएको र्यालीले वडाका अधिकांश बासिन्दाहरूको घरदैलोमा पुगेर टुंगिएको थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया