ONF जापानको प्रस्तुति ‘यसपालि हजुरको छाप पनि सूर्यमै’ बोलको चुनावी गीत सार्वजनिक

जापान । प्रवासी नेपाली मञ्च जापानले ‘यसपालि हजुरको छाप पनि सूर्यमै’ बोलको चुनावी गीत सार्वजनिक भएको छ ।
आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनलाई प्रचारको रुपमा नेकपा एमालेको प्रवासको भातृ संगठन प्रवासी नेपाली मञ्च जापानले ‘यसपालि हजुरको छाप पनि सूर्यमै’ बोलको चुनावी गीत आईतबार सार्वजनिक गरेको हो ।

पाँच वर्षअघिको स्थानीय चुनावमा बद्री पंगेनी र प्रिया भण्डारीको स्वरमा बहुचर्चित बनेको ‘सैं पनि एमाले मै पनि एमाले’ लगाएत चुनावी गीत जस्तै यसपटक पनि चर्चित कलाकारको स्वरमा एमालेको नयाँ चुनावी गीत सार्वजनिक भएको थिए ।

गीतमा दिप पाठकले शब्द संकलन, लक्ष्मी खड्का, पुरुषेत्म सिग्देल, दिलेन्द्र जोशी, बेग रानाको स्वर विष्णु शर्माले सम्पादन र सुरेश श्रेष्ठले छापाँकन गरेका छन् ।
अभिनय भने कलाकार लगाएत प्रवासी नेपाली मञ्च जापानका लगाएत अन्य देशका नेता कार्यकर्ताहरुले साथ दिए समेटर निर्माण गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया