निर्णय पालना नगर्नेलाई दलले कारबाही गर्ने गठबन्धन संयन्त्रको बैठक निर्णय

काठमाडौँ । सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले गठबन्धनमा सहमति भएअनुसार उमेदवारी फिर्ता नलिएको र फिर्ता लिने समय अपुग भएका स्थानमा समझदारीअनुसार काम गर्न निर्देशन दिएको छ ।

आइतबार बसेको संयन्त्रको बैठकले गठबन्धनको मर्म र भावनाअनुरूप आपसी एकता कायम गर्दै सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको बैठकले निर्णय पालना नगर्ने पार्टी नेता–कार्यकर्तालाई आ–आफ्नो दलले कारबाही गर्ने निर्णय समेत गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d