एमसीसी सम्झौता राजपत्रमा प्रकाशित

काठमाडौँ: नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ । गएको फागुन १५ गते प्रतिनिधि सभाबाट १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको सम्झौता राजपत्रमा प्रकाशित भएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा प्रकाशित गरेसँगै यो सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

सम्झौता अनुसार अमेरिकाको झन्डै ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड डलर यस परियोजनामा लगानी हुनेछ । यसबाट ४०० केभी क्षमताको ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर लामो रणनीतिक सडक निर्माण गर्ने लक्ष्य छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया