आज ‘विश्व औलो दिवस’ मनाइँदै

काठमाडौँ– ‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नाराका साथ यस वर्ष ‘विश्व औलो दिवस’ मनाइँदै छ। विश्व स्वास्थ्य संगठनले सन् २००८ मा २५ अप्रिललाई विश्व औलो दिवसका रूपमा मनाउने घोषणा गरे अनुरूप नेपालले यो दिवस मनाउने गरिन्छ ।

नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमन सिंहले औलो निवारणका लागि जोखिम क्षेत्रमा स्कृनिङ गर्नुका साथै क्रस बोर्डरको संयन्त्रको राम्रो सदुपयोग गर्नुपर्ने बताए ।

त्यस्तै, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाले दासले सन् २०२२ सम्म स्थानीय औलोलाई शून्यमा पु¥याएर सन् २०२५ सम्ममा औलो नियन्त्रण गर्ने लक्ष्य रहेको बताए। औलो रोगबाट विशेष गरी गर्भवती महिला तथा पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया