ONF जापान कान्तो कमिटिको आयोजनामा ७,७०० झण्डा पाटिलाई हस्तान्तरण योजना सफलता ,संगै दोस्रो चरणको कार्यक्रम ”सात सूर्य सात छाप टिकटक प्रतियोगिता ” प्रारंभ गर्यो:

टोकियो: ONF-KANTO “सात सूर्य सात छाप टिकटक प्रतियोगिता-२०२२”प्रवासी नेपाली मंच, कान्तो क्षेत्रिय कमिटी, जापान आयोजक रहने यस प्रतियोगिता नेपालमा आसन्न स्थानीय निर्वाचनमा नेकपा( एमाले)को सुर्य चिन्ह ध्वजाबाहक उम्मेदवारहरुलाई अत्यधिक क्षेत्रमा बिजय गराउने उदेश्यको प्रचारात्मक अभियान अन्तर्गतको प्रतियोगिता रहेको अध्यक्ष बुद्धि राज घिमिरेले बताए । कार्यक्रमको उद्देश्य अत्यधिक प्रतियोगीहरुलाई समावेश ग़री यस प्रतियोगिता मार्फ़त नेकपा( एमाले)को नीति तथा कार्यक्रम र पहिला भएका प्रगतिशिल विकास निर्माण र जनसेवाको कार्यहरुलाई इच्छुक कलाकारको कलाको माध्यमबाट प्रचार प्रसार गर्ने र पार्टी प्रति आस्थावान कलाकारहरुलाई पनी प्रोत्साहनहूने गरी अघी बढ़ाईएको यस महाअभियानलाई सम्पूर्ण महानुभावहरूलाई रचानात्मक सहयोग, प्रचार प्रसार र प्रतियोगीलाई सहभागिताको लागी प्रोत्साहन गरिदिनु हुन सचिव मनोज श्रेष्ठले अपिल गरेका छन् । बिगतमा गरिएको सफल तीज गीत प्रतियोगिताको अनुभवबाट यों प्रतियोगिता अझ परिष्कृत र चुनावी अभियानलाई सहयोगी हूने अपेक्षा राखिएको आयोजकको भनाई छ। टिकटकको पुरस्कार राशी तथा नियमहरु तपसिल अनुसार रहने छ:
1. उत्कृष्ट मल्टीमीडिया पुरुस्कार ¥ ३०,०००( प्रवासी नेपाली मंच, क़ान्तोको आधिकारिक फ़ेसबुक पेज़ र टिकटक अकाउण्टमा पाएको लाइकको आधारमा )
2. उत्कृष्ट रचनात्मक पुरुस्कार ¥ २०, ००० ( आयोजकको मूल्यांकन समुहले उत्कृष्ट चयन गर्ने )
* यो खुल्ला प्रतिस्पर्धा हुनेछ ।
* अवैध तरीक़ाले आर्जंन गरिएको लाइकलाई मान्यता दीईने छैन ।
* कला सामग्री नेकपा ( एमाले ) पार्टी, सुर्य चिन्ह र चुनावी अभियानसंग सम्बन्धित हुनुपर्ने छ । कुनै अवांछित, जाती, धर्म, सम्प्रदाय लक्षित नकारात्मक सामग्री स्वीकार गरिने छैन ।
* भिंडियो टिकटकको मात्र स्वीकारने छ । टिकटकको लोगो र आइडी स्पष्ट देखिएको हुनुपर्ने छ । टिकटक भिंडियो मंचको आधिकारिक फ़ेसबुक पेजमा पठाऊनु पर्ने छ ।
* प्रतियोगीले आयोजकको आधिकारिक फ़ेसबुक पेज र टिकटक लाइक गरेको हुनु पर्ने छ ।
* भिडियो पठाऊने अन्तिम मिति : २०७९ बैसाख ३० गते साँझ १०ः०० बजे सम्म ( नेपाल समय )
* प्रतिस्पर्धाको अन्तिम मिति : २०७९ जेष्ठ ७ गते साँझ १०:०० बजेसम्म
* नतीजा घोषणा : २०७९ जेष्ठ ९ गते
* प्रतियोगिता सम्बन्धी अन्य सम्पूर्ण अधिकार आयोजकसंग सुरक्षित हूने आयोजक कमिटिका संयोजक बासु पन्त ले बताए।
प्रवासी नेपाली मंच, क़ान्तो क्षेत्रिय कमिटी , जापानको आधिकारिक फ़ेसबुक पेज र टीकटक अकाउण्ट यस प्रकार छ
फ़ेसबुक पेज : https://www.facebook.com/prawasikanto/
टिकटक अकाउण्ट : https://vt.tiktok.com/ZSdkSDhKu/

फेसबुकबाट तपाइको प्रतिक्रिया