
टोकियो । प्रवासी नेपाली मन्च कान्तो क्षेत्रिय कमिटिबाट सौजन्य गरिएका ७ हजार झण्डा आज पार्टी कार्यालय च्यासलमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, प्रवास ईन्चार्ज राजन भट्टराईलाई प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रीय कमिटि सचिवालय सदस्य तथा पुर्वी एसिया महादेशिय कमिटि ईन्चार्जको टोली नेतृत्वमा हस्तान्तरण गरियो ।
कान्तो कमिटिले ७ हजार ७ सय सूर्य ॲकित झण्डा पाटि स्थापनाको अवसर पार्दै आज बैशाख ९ गते पाटि कार्यालयमा हस्तान्तरण गर्ने भएको हो । यो कार्यलाई सहयोग गर्न पनि पुन अपिल गरेको छ ।
प्रवासी नेपाली मन्च जापान कान्तो कमिटिले बिभिन्न समयमा समय सापेक्षा कार्यक्रमहरु गर्दै आफ्नो सक्रियता बढाएको छ । २०२१ सेप्टेम्वर २० तारिक महिला दिदी बहिनी हरुलाई तिज चाडपर्वको महत्व सहित चेतना मुलक सन्देश दिने गरि नृत्य भिडियो प्रतियोगिता सफलता पुर्वक सम्पन्न गर्दै करिव उक्त सन्देश मुलक कार्यक्रम एक लाख ब्यक्तिले अनलाईन मार्फत आवस्यक जानकारी लिएको बताईएको छ।
कान्तो कमिटिले नेपालमा हुने आगामी निर्वाचनलाई मध्यनजर गर्दै प्रवासबाट भआफ्नो सक्रियतालाई अझै प्रभावकारी र सक्रिय रुपमा लैजान लागेको हो । सबै पक्षबाट आवस्यक सहयोग सहित रचनात्मक भुमिकाको अपेक्षा सहित अभियान थालनी गरिएको सचिव मनोज श्रेष्ठ बताए ।
हस्तान्तरण कार्यक्रममा जापानबाट राष्ट्रिय कमिटिका अध्यक्ष सुरेश केसी, सचिव डा.सरोज कडेंल पुर्वि एशिया अध्यक्ष, महेन्द्र अधिकारी, अनुज कार्की, बिनय गुरुङ लगाएतले पाटि कार्यालयमा हस्तान्तरण गर्ने भएको हो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया