नेपाली जनप्रगतिशील मञ्च जापानको ८औं राष्ट्रीय अधिबेशन सम्पन्न

जापान । नेपाली जनप्रगतिशील मञ्च जापानको ८औं राष्ट्रीय अधिबेशन सम्पन्न गरेको छ । आईतबार डिसेम्बर १२ तारिख टोकियोमा राष्ट्रीय कमिटीको ८औं राष्ट्रीय अधिबेशन सम्पन्न गरेको हो ।

नेकपा माओवादी केन्द्रको प्रवास भातृ संगठन नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष हवल चन्द्र लामाको सभापतित्वमा, जनप्रगतिशील मञ्च प्रमुख पूर्वी एसिया संयोजक
हर्क थापाको प्रमुख आतिथ्यतामा भब्य रूप सम्पन्न भएको थियो । उक्त राष्ट्रीय अधिबेशनबाट मञ्चको अध्यक्षमा भवानी पन्त सर्वसहमत निर्वाचित हुनु भएको छ ।
त्यस्तै बरिष्ठ उपाध्यक्ष मोहन पौडेल, पाँच उपाध्यक्षहरुमा श्रवण सत्याल, श्यामहरी पाण्डे, जनक सुबेदी, आर एच गौतम, नवराज गौतम र महासचिब बाबुराम पौडेल चयन हुनु भएको छ ।
तिन उपमहासचिबहरुमा दावा शेर्पा, शिबु थापा, राम कृष्ण भण्डारी र चार सचिबहरुमा बिनुका खड्का, खगराज गौतम, गौरी शंकर गैरे, अर्जुन अंगाई सहमतिमैं चयन गरेको छ । मञ्चको कोषाध्यक्षमा भुवन हुमागाई र दुई सह कोषाध्यक्ष धुर्व अधिकारी, गौरी शंकर सापकोटा चयन गरेको छ ।

नेपाली जनप्रगतिशील मञ्च जापानका सचिब सालिकराम भण्डारीले संचालन गर्नु भएको अधिबेशनमा १५० जना माओवादी समर्थित सहभागि अतिथिहरुलाई नेपाली जनप्रगतिशील मञ्च जापानकी सक्रिय सदस्य बिनुका खड्काले स्वागत मन्तब्य राख्नु भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया