भारतमा कोरोना संक्रमितको संख्या वृद्धि


काठमाडौँ-
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ११५० नयाँ संक्रमित भेटिएका छन् । यो शनिबारको तुलनामा १७ प्रतिशतले वृद्धि हो ।
यसका साथै, यो संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यस्तै शनिबार ९७५ जनामा कोरोनाको संक्रमण देखिएको थियो र यसका कारण ४ जनाको मृत्यु भएको थियो ।

भारतमा कोरोना संक्रमितको कूल संख्या ४।३० करोडभन्दा बढी पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया