यस्तो छ आज र भोलिको मौसम

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । शनिबार पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।

राति प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया