ONF-KANTO ले “सात सूर्य सात छाप टिकटक प्रतियोगिता-२०२२ “आयोजना गर्ने: सहभागीको लागि अपिल

टोकियो: प्रवासी नेपाली मंच,ONF कान्तो क्षेत्रिय कमिटी, जापान आयोजक रहने प्रतियोगिता नेपालमा आसन्न स्थानीय निर्वाचनमा नेकपा( एमाले)को सुर्य चिन्ह ध्वजाबाहक उम्मेदवारहरुलाई अत्यधिक क्षेत्रमा बिजय गराउने उदेश्यको प्रचारात्मक अभियान अन्तर्गतको प्रतियोगिता हो । “ONF-KANTO सात सूर्य सात छाप टिकटक प्रतियोगिता-२०२२”को उदेश्य अत्यधिक प्रतियोगीहरुलाई समावेश ग़री यस प्रतियोगिता मार्फ़त नेकपा( एमाले)को नीति तथा कार्यक्रम र पहिला भएका प्रगतिशिल विकास निर्माण र जनसेवाको कार्यहरुलाई इच्छुक कलाकारको कलाको माध्यमबाट प्रचार प्रसार गर्ने र पार्टी प्रति आस्थावान कलाकारहरुलाई पनी प्रोत्साहनहूने गरी अघी बढ़ाईएको यस महाअभियानलाई सम्पूर्ण महानुभावहरूलाई रचानात्मक सहयोग, प्रचार प्रसार र प्रतियोगीलाई सहभागिताको लागी प्रोत्साहन गरिदिनु हुन अध्यक्ष बुद्घि राज घिमिरेले अपिल गरेका छन् । बिगतमा गरिएको सफल तीज गीत प्रतियोगिताको अनुभवबाट यों प्रतियोगिता अझ परिष्कृत र चुनावी अभियानलाई सहयोगी हूने अपेक्षा रहेको सचिव मनोज श्रेष्ठ वताउछन्।
पुरस्कार राशी तथा नियमहरु यस अनुसार रहेका छन्:
1. उत्कृष्ट मल्टीमीडिया पुरुस्कार ¥ ३०,०००( प्रवासी नेपाली मंच, क़ान्तोको आधिकारिक फ़ेसबुक पेज़ र टिकटक अकाउण्टमा पाएको लाइकको आधारमा )
2. उत्कृष्ट रचनात्मक पुरुस्कार ¥ २०, ००० ( आयोजकको मूल्यांकन समुहले उत्कृष्ट चयन गर्ने )
* यो खुल्ला प्रतिस्पर्धा हुनेछ ।
* अवैध तरीक़ाले आर्जंन गरिएको लाइकलाई मान्यता दीईने छैन ।
* कला सामग्री नेकपा ( एमाले ) पार्टी, सुर्य चिन्ह र चुनावी अभियानसंग सम्बन्धित हुनुपर्ने छ । कुनै अवांछित, जाती, धर्म, सम्प्रदाय लक्षित नकारात्मक सामग्री स्वीकार गरिने छैन ।
* भिंडियो टिकटकको मात्र स्वीकारने छ । टिकटकको लोगो र आइडी स्पष्ट देखिएको हुनुपर्ने छ । टिकटक भिंडियो मंचको आधिकारिक फ़ेसबुक पेजमा पठाऊनु पर्ने छ ।
* प्रतियोगीले आयोजकको आधिकारिक फ़ेसबुक पेज र टिकटक लाइक गरेको हुनु पर्ने छ ।
* भिडियो पठाऊने अन्तिम मिति : २०७९ बैसाख ३० गते साँझ १०ः०० बजे सम्म ( नेपाल समय )
* प्रतिस्पर्धाको अन्तिम मिति : २०७९ जेष्ठ ७ गते साँझ १०:०० बजेसम्म
* नतीजा घोषणा : २०७९ जेष्ठ ९ गते
* प्रतियोगिता सम्बन्धी अन्य सम्पूर्ण अधिकार आयोजकसंग सुरक्षित हूने छ ।
प्रवासी नेपाली मंच, क़ान्तो क्षेत्रिय कमिटी , जापानको आधिकारिक फ़ेसबुक पेज र टीकटक अकाउण्ट यस प्रकार रहेको कार्यक्रम संयोजक बासु पम्त बताउछन्।
फ़ेसबुक पेज : https://www.facebook.com/prawasikanto/
टिकटक अकाउण्ट : https://vt.tiktok.com/ZSdkSDhKu/

फेसबुकबाट तपाइको प्रतिक्रिया