एनआरएनए जापान अनिता गुरुङग टिमले पुर्व घोषित कार्यक्रमहरु आयोजना गर्दै सक्रियता देखायो:सहयोग गरिदिन सबैमा अपिल

जापान: एनआरएनए जापान अनिता गुरुङग टिमले पुर्व घोषित कार्यक्रमहरु आयोजना गर्दै सक्रियता देखाएको छ। २०२२ फ्रेअवरी २६ तारिक आयोजना गरिने सहित अन्य घोषणा गरिएको कार्यक्रमहरु संस्थापक अध्यक्ष राजन प्रधानाङगको पत्रको सम्मान गर्दै अर्को निर्णय नहुन्जेल सम्मको लागि स्थगित गरिएको थियो।मार्च १३ गते अनिता गुरुङगको अध्यक्षतामा दर्जनौ संघ संस्था सहितको भेलाले पनि पुर्व घोसित कार्यक्रमहरु आयोजना गर्न दिएको सुझावलाई मध्यनजर गर्दै पुर्व घोषित उक्त बाल वक्तित्वकला आयोजना गर्न लागेको प्रवक्ता सरिता ढकालले जानकारी दिनु भयो।कार्यक्रम यहि अप्रिल २३ तारिक सनिवार आयोजना गरिदै छ भने , एनआरएनए जापानको पेज बाट यहि अप्रिल १३ तारिक बाट आयोजक कमिटिले राख्ने छ! पुरस्कार भने निर्णायक मण्डलको सोहि दिनको निर्णय अनुसार घोषणा गरिने बताउदै सम्पुर्ण महानुभावहरुले सहयोग गरिदिन अध्यक्ष अनिता गुरुङगले अपिल गरेकी छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया