कान्साई: गैरआवसीय नेपाली संघ जापानको कान्साई कार्यसमिति फुट को संघारमा धकेलिएको छ। २१-२३ को कार्यसमिति चयन भए देखि आजको दिन सम्म आउदै गर्दा संस्थामा बाहिर बाट हेर्दा केहि राम्रा काम हरु भएजस्तो देखिए पनि संस्था भित्र शुरुवातिका दिन देखि नै आन्तरिक बिबाद बड्दै आएको थियो।फरक विचार र योजना राख्ने आफ्नै कार्यसमितिको पधाधिकारी सदस्य हरुलाई अनावस्यक दबाब दिने कुनै पनि संस्थागत निर्णय हरु आउदा संयोजक र आफ़ुनिहित एक दुइ जनामा सिमिति भएर छलफल परामर्श बिना एकैपटक निर्णय को रुपमा आउने प्रवृति एक पछि अर्को गर्दै बढ्दै आएपनि सामाजिक संस्था हो मिलेर जानुनै राम्रो हो भनि सहदै अगाडी बढ्दै गर्दा झन् झन् अराजक तरिकाले संस्थालाई डोर्याउदै जादा र त्यसको गलत हिमायतिको सारथी हामि हरु हुदै गर्दा कालान्तरमा संस्थाको सुन्दरता र बृहतता मर्म र भाबनालाइ देखेर आउन खोज्ने नया पिढी लाइ पनि ठुलो धोका हुने हामीले महशुस गरेको हुनाले यस्तो गलत प्रवृति र नियतले अगाडी बढेको कुटिल नेतृत्वको निरन्तरको झुटो गतिविधिको मतियार रहन नसकिने जानकारी समग्र रुपमा गराउदछौ भन्दै निर्बाचित बहुमत कार्यसमितिले सम्बन्धित निकायमा जानकारी गराउनुभएको छ। कार्यसमितिमा रहेका अन्य केहि पदाधिकारी तथा सदस्य हरु पनि आजित भएको भएपनि आ-आफ्नै किसिमिका बाध्यतामा रुमलिनुभएको या कुनै परिबन्ध ले होला सार्बजनिक रुपमा खुल्न नसकेको अवस्था रहेको बताईएको छ।
कार्यसमितिले संस्था स्थापना भएदेखि हाल सम्मको गलत प्रवृति को बुदागत रुपमा प्रस्ट पार्दै तत्काल यसको उचित निष्कर्ष नआएको खण्डमा युवालाई प्रोत्साहन अग्रज लाइ सम्मानको भाब सहित संस्था र समाजको हितको लागि जस्तो सुकै कदम पनि चाल्न हामीहरु तयार रहेको भन्दै आइसीसी अध्यक्ष द्वय र एनआरएन जापान अध्यक्ष द्वय लाइ मेल मार्फत जानकारी गराउदै समग्र कान्साई बासीलाई निस्वार्थ र निसर्त समाज को हित हुने कार्यमा सदैब आफु हरु तयार रहेको र गलत प्रवृति लाइ निर्मुल गर्न सबै इमान्दार नेपाली हरुको साथ् को लागि अनुरोध समेत गरेका छन्।
फेसबुकबाट तपाइको प्रतिक्रिया