
टोकियो । नेपाली ब्राण्डको खुकुरी रमको रिब्रान्डिङ पछि जापानमा सार्वजनिक गरिएको छ । जापानको लागि एक मात्र आधिकारिक वितरक मयुर कर्पोरेशन लिमिटेडले टोकियोमा आईतबार एक कार्यक्रम गरी नयाँ ब्रान्डिङ् पछिको खुकुरी रमको अनावरण गरेको हो ।
सन २००१ देखि जापानमा खुकुरी रमको बितरकको रुपमा रहेको मयुरले टोकियोको ओकुबोस्थित आफैले संचालन गर्दै आएको ग्लोबल बजार रथ चटामरी रेष्टुरेण्टमा खुकुरी रमको नयाँ प्याकेजिङ सार्वजनिक गरेको हो ।
स्थापनाको ६२ औं वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गर्दै आकर्षक प्याक बजारमा लण्डनको विश्वविख्यात कम्पनीले डिजाइन गरेको नयाँ प्याकले ल्याएको मयूरका प्रबन्ध निर्देशक अरुण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरू केहि महिनाअघि नै बन्द भइसकेका छन्। खुकुरी रमको वर्षौंदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षा अनुरुप परिस्कृत गर्दै तयार पारिएको बताइएको छ।
उक्त कार्यक्रममा नेपाली व्यवसायी संघ जापानका अध्यक्ष बिजेश थकाली,एनआरएनए आईसीसी एसिया प्यासिफिकका क्षेत्रीय उपसंयोजक ददिवल खड्का, गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिव प्रसाद पौडेल, एनआरएनए जापानका प्रवक्ता सुभास लामिछाने,सामाजिक व्यक्तित्व श्री गुरुङ,व्यवसायी सुमन कार्की, शिवहरी पौडेल, जापानमा कृयाशील नेपाली संचारकर्मीहरु शान्त पहरी, राजन गौतम, विष्णु सापकोटा, लक्ष्मी पौडेल लगायतको उपस्थिती थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया