ONF जापान सदस्य तथा क्यूस्यू ईन्चार्ज महेश खड्का, निर्वाचन बारे यस्तो धारणा राख्छन्:

जापान: हामी देश र समाज राम्रो भएन, जताततै भ्रष्ट र खराब मानिस मात्र छन,समाजका लागी होईन आफ्नो लागी मात्र सोच्छन गाउँ ठाऊ यिनीहरुले सखापै पारे देश र समाज कहिलै उभो नलाग्ने भयो भनेर कयौ गुनासो गर्छौ बहस गर्छौ तर यी सबै खाले गलत प्रबृत्ती भित्रिनु अगाडी सचेत हुदैनौ खाली चिन्ता र चासो देखाउछौ त्यसको लागी पहल गर्दैनौ!
लगत्तै स्थानिय चुनाब आउदै छ हाम्रो समाजको भबिश्य भोली ती जनप्रतिनिधीमा रहन्छ यदी हामीले सही ब्याक्ती अगाडी सार्यौ भने पक्कै पनि समाजमा केहि सुधार अवस्य हुन्छ त्यसैले सर्बसाधारणले बेलैमा सचेत हुन आवश्यक छ र सहि ब्याक्ती उम्मेद्वार बनाउन पहल गरिनुपर्दछ!
अबको स्थानीय चुनाबमा यस्तो अवधारणा ,सोच ,क्षमता भएका र काम गर्न सक्ने हाम्रा निम्न मुद्दाहरु समाबेश गर्न सक्ने उम्मेद्वार बनाएर जिताऊ जसले समाजको मुहार फेर्न सकुन!!

१.भ्रष्टाचार बिरोधी:- अहिले गाऊँगाऊँमा छोटेराजाहरु छन भन्ने उखान सर्बत्र छ बिभिन्न योजना बितरण गर्दा अत्यधिक रकम आफैले राखेर केहि रकम मात्र बिकासमा लगानी गर्ने प्रचलन जताततै छ जनप्रतिधी यसमा चुरलुम्म डुबेको अवस्था छ यस्तो बेलामा जसले भ्रष्टाचारको बिरोध गर्दै आएको छ यती अगाडी काम गर्दा ब्यवहारमा देखाएको छ त्यस्ता मानिसलाई साथ दिने गरौ!

२.चुनावमा सुन्य लागत: वडा,पालिकाहरुको चुनावमा अत्यधिक खर्च हुने गरेको छ,चुनावको मुखमा भोजभतेर भट्टीतिर फ्रीरी जाडरक्सी युवाहरुलाई बाईकमा प्रेट्रोल,डिजेलको ब्यावस्था गरेका हुन्छ यदी यसरी खर्च गरियो भने उम्मेद्वारलाई ऋण लागेको हुन्छ हुन्छ पैशा फिर्ता गर्न सक्दैन र बिभिन्न ठाऊमा अनियमितता गर्दै जान्छ!

३.सामाजिक ब्याक्तित्व :-कसैसँग नमिल्ने मै हो भन्दै हिड्ने समाजका कुरा नसुन्ने काम गर्दा कसैको प्रबाह नगर्ने मानिस जिताईयो भने समाजले चाहेको प्रतिफल प्राप्त गर्न सक्दैन त्यसैले समाजसँग घुलमिल हुने समाजको समस्या बुझ्ने ब्याक्ति जिताउनुपर्दछ!

४.गोरेटो बाटो,सडक,बिधुत,खानेपानी:-गाऊँठाऊमा सडकको नाममा बनबाताबरणको बिनास अत्यधिक बढ्दो छ ! जताततै च्याउ उम्म्रे जस्तै सडक छन चरालाई चामल छरे जसरी बजेट बिनियोजन गरिएका छन यसले बिकास होईन बिनास ल्याएको छ त्यसको लागी रोड ब्यावस्थापनमा ध्यान दिन जरुरी छ !बिधुत ब्यावस्थित बनाउनुपर्छ,जताततै बिधुत चोरी भएको छ ,उचित ढँगले बिधुतको पर्योग गर्न सकिरहेका छैनन यसको गुरु योजना हुनुपर्दछ !समाजका बिभिन्न ठाउमा खानेपानीको अभाव छ समाजका ठुलाबडाका घरघरमा धारा छन तर सर्बसाधारणले टाढा टाढा गएर पानी ल्याउन बाध्य छन यसको लागी पानीको मात्रा हेरेर सबैलाई उपयुक्त हुने ठाउमा धारा जडान गरीनुपर्ने हुन्छ ,गोरेटो बाटो ग्रामिण क्षेत्रको आक्रषणको केन्द्रबिन्दु हो यसको मर्मत सम्भारका बिषयमा पनि सहि ढँगले सोचिनुपर्दछ!

५.बिधालय,शिक्षक, र अभिभावक:-शिक्षा मानिसको मेरुडण्ड हो ,बिधार्थी कच्चा पदार्थ हुन,अभिभावक उत्पादक हुन र शिक्षक उत्पादनलाई प्रसोधन गर्ने प्रयोगशाला हुन त्यसैले भोलीको भबिश्य आजका बिधार्थीको हातमा छ शिक्षक अभिभावक र बिधार्थीलाई उचित सरसल्लाह दिने गलतबाटोमा लागेका शिक्षकहरुलाई सहि बाटोमा ल्याउने,पुरस्कार र कार्बाही गर्ने सक्ने क्षमता भएको उम्मेद्वार जिताउनुपर्ने हुन्छ!

६.स्वास्थ्य :- स्वास्थ हुनु मानिसका लागी अपरीहार्य छ यसका लागी मेडिकल माफियालाई कार्बाही गर्न सक्ने डाक्टर सँग सधै परामर्श गरिरहने जनप्रतिनिधीको खाचो छ स्वास्थ्यचौकी,अस्पतालको ब्यावस्थापनमा पनि चासो दिने ब्याक्ती जिताईनुपर्दछ!

७.बन तथा बाताबरण:-हरियो धन नेपालको बन भन्ने कार्ययोजन बिगतका बर्षहरुबाट सन्चालित छ तर त्यसले पुर्णता पाउन सकेको छैन यसका लागी जनताहरुलाई सचेत गराईनुपर्दछ जँगल कटानीलाई रोक्न सक्नुपर्छ बन सँरक्षण गर्न स्थानियलाई नै बढी जिम्मा दिएर दायित्वबोध गराउनुपर्छ!बिधालय पाटीपौवा मठमन्दिरमा उपयुक्त बिरुवा फलफुल लगाएर हरितकरणको अवधारणा ल्याउने योजना हुनुपर्दछ!

८.पशुपालन,कृषि:-अधिकाँस ग्रामीण क्षेत्रहरुमा कृषि मुख्य पेशा छ.उचित मलजल काम गर्ने जनशक्तीको अभाबले कृषि क्षेत्र डगमगाउदै गएको छ जनप्रतिनिधीले यो बिषयमा गम्भिर भएर समिक्षा गर्नुपर्ने छ समयमै मलजलको ब्यावस्था,कृषि तालिम पसुपालनमा उत्प्रेरणा क्षति हुदा राहतको ब्यावस्था गर्न सक्ने ब्याक्ती हेरिनुपर्छ!

९.खेलकुद मैदान,खेलकुद,मनोरंजन र साँस्कृतिक कार्यक्रम:-खेलाडी राष्ट्रका गहना हुन भनिन्छ तर यिनको वास्ता गरिदैन साच्चै उचित ब्यावस्थापन खेलाडीलाई हौसला, उपयुक्त ठाऊमा मैदान भयो भने देशका हरेक क्षेत्रका खेलाडी देशबिदेशमा पुग्न सक्छन त्यस्तै गाऊँ समाजमा भएका प्राचिन सभ्यतालाई पुनःजागरण गर्न साँस्कृतिक कार्यक्रम गर्न सकिन्छ पुराना प्रचलित चलनहरुलाई युगौयुगसम्म बचाउन सकिन्छ यसको ध्यान दिने ब्याक्ति हुनुपर्छ!

१०.धार्मिक तथा ईतिहास बस्तुको सँरक्षण र पर्यटन प्रबुद्धन:-देश बिभिन्न भाषा कला र पुरातात्विक बस्तुले भरिपुर्ण छ यदी यसको सँरक्षणको लागी उम्मेद्वारले आफ्नो अवधारणा पत्रमा मुद्दा बनाउपर्छ सँरक्षण र सम्बर्दन गर्न सकियो भने पर्यटक भित्राएर प्रचार प्रसार र आर्थिक पाटो मजबुद बनाउन सकिन्छ!

११.स्वस्थ प्रतिस्पर्धात्मक रोजगार:-देशमा बेरोजगार बढ्दो छ जनताहरु बिदेश जान बाध्य छन यसको तार्किक बहस गरेको पाईदैन यदि रोजगारी सिर्जना भईहाल्यो भने पनि आफ्ना आसेपासेलाई मात्र प्राप्त हुन्छ जसले गर्दा अनियमितता लगायत बिभिन्न बिकृतीहरु पैदा हुन्छन त्यसैले त्यसैले पुर्णप्रतिस्पर्धाबाट रोजगारी दिईनुपर्दछ र बेरोजगारहरुलाई क्षमता अनुसारको रोजगार दिएर ब्यावस्थापन गरिनुपर्दछ !

१२.शिक्षित र अनुभवी उम्मेद्वार:-शिक्षा, र अनुभवबिना मानिस अधुरो छ गफ दिने काम गर्न नसक्ने कुरीती र सँकुचित सोच भएका ब्याक्तीले देश र समाज बनाउन सक्दैन काम गर्न ज्ञान र अनुभव आवश्यक हुन्छ!

अरु बाकी रहेका र तपाईहरुले राख्ने बिषय भए थप्दै जानुहोला!
धन्यबाद!!

फेसबुकबाट तपाइको प्रतिक्रिया