नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च जापान ‘ONF नागोया’कमिटिले अधिवेशनको मिति तोकेको छ:

नागोया: नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च जापान ‘ONF नागोया’कमिटिले अधिवेशनको मिति तोकेको छ । नागोमामा भएको भेलाले अधिवेशनको मिति तोकेको हो ।भेलाले नागोया कमिटिको चौथो अधिवेशन आगामी मे २१ तारिख शनिबारका दिन आयोजना गर्ने निर्णय गरिएको हो। अधिवेशन सम्पन्न गर्न आयोजक समितिसमेत चयन गरिएको भएपनि अधिवेशनस्थल भने आगामी बैठकले तय गर्ने बताइएको छ । अधिवेशन सम्पन्न गर्न सुवास रुपाखेतीको संयोजकत्वमा आयोजक समिति गठन गरिएको हो ।
समितिको उपसंयोजकमा नरेश राई र सचिवमा कुमार अधिकारी रहेका छन् । विशाल क्षेत्री (अधिकारी), ईश्वर थापा, कमल खड्का, रविन सापकोटा, मदन भण्डारी, राजेन्द्र लम्साल, सरोज काफ्ले, मनोज खनाल,मदन खड्का समितिको सदस्यमा चयन भएका छन् । अन्य सदस्यहरूमा नरेश बम, सन्देश घले, सरोज कुस्वार, नवराज पौडेल, विशाल क्षेत्री, नवीन रिमाल, प्रत्युश भुजेल रहेका छन् ।

हाल १९ सदस्यीय आयोजक कमिटी रहेको मञ्चको आगामी बैठकबाट थप ६ जनालाई मनोनित गरी २५ सदस्यीय आयोजक समिति रहने छ । भेलामा नेपाली प्रवासी मञ्च पूर्वी एशिया क्षेत्रीय महादेशीय कमिटीका अध्यक्ष डा. सरोज कँडेल, प्रवासी नेपाली मञ्च, जापानका राष्ट्रिय कमिटी सदस्यहरू कृष्णप्रसाद भुसाल, रामकुमार थापाले प्रवासी नेपाली मञ्चको औचित्य र वर्तमान अवस्थाबारे प्रकाश पारेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया