कोभिड-१९  महामारी यता मार्च महिनामा सबैभन्दा बढी पर्यटक नेपाल आए

काठमाडौं । कोभिड-१९  महामारी यता प्रत्येक महिना नेपाल भित्रिने पर्यटकको संख्यात्मक हिसाबले सन् २०२२ को मार्च महिनामा सबैभन्दा बढी पर्यटक नेपाल आएका छन् ।

अध्यागमन विभागको तथ्यांक अनुसार मार्च महिनामा कुल ४२ हजार ६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । विभागका अनुसार २०७६ साल चैतमा कोरोना महामारी सुरु भएपछि एक महिनाको अवधिमा यति ठूलो संख्यामा पर्यटक आगमन भएको हो ।

सन् २०२१ मा सबैभन्दा धेरै पर्यटक नोभेम्बर महिनामा भित्रिएका थिए । विभागका अनुसार सो महिना २६ हजार १३५ जना पर्यटक नेपाल भित्रिएको थिए । सोही वर्षको जुन महिनामा सबैभन्दा कम १ हजार १४३ जना पर्यटक नेपाल भित्रिएका थिए ।

पछिल्लो समय नेपालमा पर्वतारोहणको सिजन सुरु भएको छ । यो समय पदयात्रामा जाने समय समेत भएकाले धेरै पर्यटक यस सिजनमा हुने गर्छ । पर्यटन व्यवसायीहरु समेत पर्यटक आगमनको बढ्दो संख्यासँगै उत्साहित बनिरहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया