टोकियो: राप्रपा निकट प्रवासी नेपाली संगठन ओनो जापानको कार्य समितिले पूर्णता पाएको छ ।गत आइतबार ओनो संरक्षक तथा प्रवासी नेपाली एकता समाज (पानस) का उपाध्यक्ष रघुदीप खड्काको उपस्थितिमा बसेको बैठकले कार्य समितिलाई पनि पूर्णता दिइएको बताएको छ । जसअनुसार अध्यक्षमा नवीन चन्द ,बरिष्ठ उपाध्यक्ष सुशीलवीर जबरा, उपाध्यक्ष लक्ष्मण ढकाल, महासचिव खगेन्द्र चापागाईँ र सचिव आशीष भुजेल साथै सदस्यमा क्रमश:बिशाल विक्रम शाही, ललित ऐर, निराजन चन्द, राज चन्द र चिरञ्जीवी पाठक रहेका छन्।
यसैगरी ओनो जापानको संरक्षक एवं सल्लाहकारमा रघुदीप खड्का एवं कलेन्द्रविक्रम शाही रहेका छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया