ONF कान्साई क्षेत्रिय कमिटीको अधिबेशन सम्पन्न: अनुप पौडेल को अध्यक्षमा कमिटि चयन

कान्साई: प्रवासी नेपाली मञ्च ONF जापानको ईतिहासमा क्यूस्यु, ओकिनावा हुदै एतिहासीक रुपमा प्रथम कान्साई क्षेत्रिय कमिटीको अधिबेशन ३१ मार्च २०२२ का दिन कान्साई मा सम्पन्न भएको हो।प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रीय कमिटिका सचिवालय सदस्य तथा पुर्वी एशिया महादेशिय ईन्चार्ज भक्त गुरूङ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। अधिबेशनबाट निर्वाचित हुनु हुने सम्पूर्ण पदाधिकारी तथा सदस्य लाई बधाई तथा शुभकामना ब्यक्त गर्दै शुभकामना दिनुहुने र कार्यक्रमको शोभा बडाईदिनु हुने सबैलाई आयोजक कमिटिले धन्यवाद ज्ञापन गर्दै अधिवेसन सम्पन्न गर्नका लागि महत्व पूर्ण भूमिका बहन गर्नुहुने महानुभावहरू र आयोजक कमिटिमा रहेर काम गर्नु हुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
नवनिर्वाचित :
१ अध्यक्ष – अनुप पौडेल
२. उपाध्यक्ष – नरबहादुर जुग्जाली
३. सचिब – खगराज अर्याल
४. उप-सचिब – नरेश ओली
५. उप-सचिब – अनिल पौडेल
सदस्यहरु
६. चुडामणी कंडेल
७ .कमल जी.सी.
८. जगत बोहोरा
९. बिष्णु सापकोटा
१०. मुक्तिराम खरेल
११. रबिन्द्र बस्नेत
१२. मोहन घिमिरे
१३. गणेश सापकोटा
१४. राजु कंडेल
१५. तिलक ज्ञवाली
१६. रामु आचार्य
१७. ओमबहादुर खड्का
१८. बिबेक कंडेल र
१९. सुदर्शन नेपाली


उक्त अधिवेसन,अधिवेसन आयोजक कमिटिका संयोजक टिकाराम कडेंलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पुर्बि एशिया अध्यक्ष तथा ओएनएफ जापान सचिव डा सरोज कडेंल, ओएनएफ जापानका अध्यक्ष सुरेश केसी,महाधिवेसन प्रतिनिधि मोहन रायमाझी र हरी पौडेल,सूचना बिभाग प्रमुख प्रकाश ढकाल, ओएनएफ सदस्य अर्जुन अधिकारीको र मुक्तिराम खरेल को पनि उपस्थिति रहेको थियो। कार्यक्रममा जुम मार्फत संगठन बिभाग प्रमुख कुल चन्द्र खरेल, पुर्वि एशिया सदस्य स्वतन्त्र पौडेल,कान्तो कमिटिका अध्यक्ष बुद्धि राज घिमिरे, ओकिनावा अध्यक्ष मिलन केसी, क्यूस्यू अध्यक्ष केशव लामिछाने को पनि सहभागिता देखिन्थ्यो। टिकाराम कंडेल को संयोजकतवमा आयोजक कमिटि सचिब प्रेम गैरेले संचालन गरी प्रथम अधिबेशन सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया