जापान: प्रवासी नेपाली मञ्च ONF जापानले आफ्ना मातहतमा जापानमा रहेका क्षेत्रिय कमिटिहरुको धमाधम अधिवेसन गर्दैछ। पाटि फुटको प्रभाव नपरेको प्रवासमा नेपालको स्थानिय निकायको निर्वाचन संगै अधिवेसन अगाडि बडेको देखिन्छ।
लामो समय जापानको ओसाकामा ब्यापार गर्दै आएका टिकाराम कडेंल एक सफल र समाजसेवी भित्र पर्छन् । उनि राजनितिमा अर्को फड्को मार्ने यस पल्टको कान्साईको अधिवेसनको माहोल हेर्दा देखिन्छ। एनआरएनए कान्साईको संयोजक समेत भएर सफल कार्यकाल पुरा गरेका र बिभिन्न कमिटिहरुमा अनुभव पाईसकेका कडेंल हाल एनआरएनए जापानका उपाध्यक्ष समेत रहेका छन्।यस्तो अनुभव लिएका कडेललाई ओएनएफ कान्साई क्षेत्रिय कमिटिको नेतृत्व गर्न कुनै असहज भने देखिदैन। नेतृत्व आफुले पाउनु पर्ने र कान्साई वासीको आशिर्वाद पनि आफुमा रहेको बताउछन् ।यहि मार्च ३१ तारिक हुने अधिवेसनको लागि पत्राचार भईसकेको र नपुगेको अवस्थामा पनि यसै लाई आधार मानि अधिवेसन मा सहभागि हुन अपिल समेत गरेका छन्।कडेल अधिवेसन आयोजक कमिटिका संयोजक पनि हुन्।
फेसबुकबाट तपाइको प्रतिक्रिया