चैत्र १६ : आगामी नोभेम्बर २१ देखि कतारमा हुन लागेको २०२२ फिफा विश्वकप प्रतियोगितामा ३२ टिमले भाग लिनेछन्। ५ शहरका ८ रंगशालामा हुने प्रतियोगिताका लागि अहलेसम्म २७ टिमले टिकट पक्का गरिसकेको जनाइएको छ ।
युरोपबाट १२ टिमले विश्वकपमा स्थान बनाइसकेका छन्। रसिया र युक्रेनबीचको युद्धका कारण युरोपबाट छनोट हुने एक टिमको टुंगो लाग्न बाँकी छ।
एसियाबाट चार टिमले विश्वकपमा स्थान बनाइसकेका छन्।
यस्तै दक्षिण अमेरिकाबाट पनि चार टिम विश्वकपमा पुगेका छन्। छनोटमा पाँचौ भएको पेरू अन्तरमहादेशीय प्लेअफमा पुगेको छ।
अफ्रिकाको विश्वकप छनोट सकिएको छ। अफ्रिकाबाट विश्वकपमा छनोट हुने पाँच टिमको टुंगो मंगलबार राति लागेको थियो।
उत्तर अमेरिकाबाट क्यानडाले विश्वकपमा स्थान पक्का गरिसकेको छ। अब यो क्षेत्रबाट दुई टिम सिधैं विश्वकपमा पुग्दा एक टिमले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउनेछ।
ओसियाना क्षेत्रको पनि फाइलन पुग्ने टिमको टुंगो लागेको छ। फाइनल जित्ने टिम अन्तरमहादेशीय प्लेअफमा पुग्नेछ।
फेसबुकबाट तपाइको प्रतिक्रिया