काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले नेपाली सेनासहित सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको छ । निर्वाचन आयोगले १७ चैतमा नमुना मतपत्र र त्यसपछि २ करोड थान मतपत्र छाप्ने निर्णय गरेसँगै जनक शिक्षाले पनि चाँजोपाँजो मिलाएको हो ।
जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार मतपत्र छपाइ स्थलमा नेपाली सेनाको टोली आज आउँदैछ । उनका अनुसार मतपत्र छपाइस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरामा सुरक्षा तैनाथ हुनेछ । प्रवेश स्थलमा सेनाले जाँच गर्नेछ ।
हाल जनक शिक्षामा कायम सिसिटिभी क्यामेरा पनि थप हुनेछ तर, कहाँ–कहाँ सिसिटिभी क्यामेरा थप गर्ने भनेर सेनाले निक्र्याैल गर्ने उनले बताए । उनका अनुसार २ करोड मतपत्र छाप्न ९ वटा मेसिन तयारी अवस्थामा राखिएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया