आगामी तीन दिनको मौसमबारे जानकारी लिनुहोस् !

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ ।
आइतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
यता सोमबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १को पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
मंगलबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया