एमाले प्रवास कमिटि (ONF)ले नेपालको परिबर्तित परिस्थिति संगै नेपालको चुनावी माहोलमा जापानमा आफ्ना मातहतका क्षेत्रिय कमिटिका अधिवेसन गर्दै:

टोकियो: प्रवासी नेपाली मञ्च जापानले पछिल्लो समय आफ्नो कमिटिको सकृयता बढाएको छ। यसरी क्षेत्र बिस्तार गरिनु न अधिवेसन भव्य रुपमा गर्नु ONF जापान कमिटिको लागि पहिलो एतिहासिक कार्य हो। अव बल्ल जापानमा पनि एमालेको भातृसंगठन भएको महसुज गरेका छौं भन्ने एमाले शुभचिन्तक हरुको आत्मवल र हौशला बडेको बताउछन् ।एमाले प्रवास कमिटि (ONF)ले नेपालको परिबर्तित परिस्थिति संगै चुनावी माहोलमा पनि जापान स्थित आफ्ना मातहतका क्षेत्रिय कमिटिका अधिवेसन भव्यरुपमा गर्दै आएको सचिव डा. सरोज कडेल बताउछन्।मञ्चले प्रकृयागत रुपमा क्षेत्रिय अधिवेसन सम्पन्न गर्दै आएको र केहि महिना भित्र पुर्ण रुपमा आवस्यकता अनुसार क्षेत्रिय कमिटि गठन पनि गरिने बताउछन् अध्यक्ष सुरेश केसी ।राष्ट्रिय कमिटिमा अध्यक्ष सुरेश केसी र सचिव डा. सरोज कडेल मात्र पदाधिकारी रहेको कमिटिमा हाल ३७ सदस्सिय कमिटि संगै ६ बटा क्षेत्रिय समितिहरु जापानमा कृयाशिल रहेका छन् । केहि समय पहिला क्यूस्यूमा तेस्रो अधिवेसन बाट केशव लामिछानेको नेतृत्वमा कार्यसमिति चयन गर्यो भने , ओकिनावाको २०२२ मार्च २० तारिकको पहिलो अधिवेसनले मिलन केसी को नेतृत्वमा कार्यसमिति चयन गरेको हो।यसै गरि २०२२ मार्च ३१ तारिक टिकाराम कडेलको नेतृत्वमा रहेको कान्साई कमिटिले पहिलो अधिवेसन गर्दै छ। अधिवेसनमा प्रवासी नेपाली मन्च प्रति आस्थावान र सुभचिन्तक सम्पुर्ण कान्साईबासी तथा जापानबासी नेपाली दाजुभाई दिदीबहिनीहरुलाई उपस्थितिका लागी हार्दिक अनुरोध कमिटिका अध्यक्ष टिकाराम कडेंलले गरेका छन्। कान्तो कमिटिका अध्यक्ष बुद्धि राज घिमिरे संग कान्तो अधिवेसन बारे हाम्रो प्रश्नमा उनिको उत्तर थियो ,”आगामि बैठकले कान्तो अधिवेसनको बारेमा आवस्यक निर्णय गर्ने छ।”
गुम्मा र नागोया कमिटि पनि अधिवेसनको तयारीमा लागि परेको देखिन्छ। नागोया कमिटी “सचिब २६ मार्च मा जापान फर्कने र नागोया कमिटीमा रहेका कमरेडहरु महाधिवेशन सम्बन्धमा सक्रिय रुपमा छलफल अगाडि बढाई अप्रिल महिनाभित्र महाधिवेशन सम्पन्न गर्नको लागि सहयोग गरीदिनु हुन सम्पूर्ण कमरेडहरूलाई हार्दिक अनुरोध गर्दछु ” भनेका छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया